म:म पत्र।

मैदाको सेतो तौलियमा बेरिएर होटेलको त्यो बिशाल sauna भाडोमा steam massage मा रमाउँदै गरेको तिम्रो आकृतीको स्मरण गर्दै तिम्रो निम्ति यो चिठ्ठि कोरेको छु।

"मःम"तिम्रो नाम नै कति मिठो छ!मलाई त लाग्छ तिम्रो नाम मन र मस्तिष्क को छोटो रुप हो।"मःम" यो शब्द मात्र होइन ,यो त पर्याय हो ,पर्याय मायाको।"म तिमिलाइ माया गर्छु" को सट्टामा तिमीलाई मम माया गछु भन्दा आहा !कति मिठो सुनिन्छ ।"म:म माया" अर्थात मन र मस्तिष्क देखी माया । झन तिम्रो नाम सबै प्रेमका भाव ‌व्यक्त गर्दा प्रयोग भए ? यो केटि मलाई म:म जस्तै मन पर्छ ।हेर शब्दको वजन र प्रेमको तिब्रता नै बड्यो नि !

कुनै पनि गल्लीबाट गुज्रिरहदा होटेलबाट आएको तिम्रो त्यो मनमोहोक बास्नाबाट को तढिन सक्छ र?कस्ले आफ्नो मन थाम्न सक्ला र?

म:म तिमीलाई थाहा छ?तिमी वर्गभेद बिरोधि छौ।आफू भित्र भैंसी राख्दा होस वा घाँस ,तिमी हरपल एकै देखिन्छौ। आफुमा घाँस हुदाको पिडा र आफुमा भैंसी हुदाको हर्ष तिमी मा देख्न पाइदैन।

तिमीलाई त्यो चटनी मा लत्पत्तिएको मात्र स्मरण गर्दा पनि मेरो मुखमा आसारे झरी सरि पानी आउँछ। तर आजकल तिम्रो अलि नराम्रो कुरा सुन्दै छु।तिमी त dieting गर्दै छौ अरे!दिनहुँ तिम्रो घनत्व धट्दै गरेको देख्दा म निकै निराश हुन्छु । तिमी मोटि नै ठिक छौ,बुझ्यौ।

होटेलवला को करकापमा नआइ आफ्नो मोटोपनमा नै रमाउने छौ भन्ने आशा सहित यो पत्रलाइ यहि समप्त गर्दै छु।

उहीँ तिम्रो पगल प्रेमी ,
झोल बहादुर।