पैसाको परको नातेदार।

"के तपाई पैसालाई चिन्नुहुन्छ?" मैले यो प्रश्न सोध्दा तपाईको उत्तर पक्कै पनि "कस्तो बकम्फुसे मान्छे रैछ ! पैसालाई कस्ले चिन्दैन ?" भन्ने आयो होला। नाआवस् पनि किन ? पैसा यस्तो कागज हो, जुन कागजले नै यो कागजि दुनियाको आकृती कोरेको छ। पैसा भनेसि महादेवको पनि तीन नेत्र खुल्छ भन्ने उखानले पनि यो कुरा प्रस्ट हुन्छ कि पैसाको उत्पती परापुर्व कालमा नै भएको हो । फरक येति हो कि पहिले सुन चादीँका ढ्याक पैसा हुन्थे अहिले slimtrim कागजका पैसा। जसरी सर्पका बच्चालाई डस्न सिकाउनु पर्दैन , तेसरी नै अहिलेका मान्छेलाइ पनि पैसाको महत्त्व बुझाउनु पर्दैन। तेसैले मैले त्यो प्रश्नलाई हल्का तोडमरोड गरे ।"के पैसाले तपाईंलाई चिनेको छ?" ,बल्ल तपाईंहरुलाई चित्त बुझ्यो होला, हैन?

तपाईं पैसाको फुफुको छोरा हो वा पैसा नै तपाईंको फुफु त्यो मलाइ थाहा भएन ,म चाहिँ पैसाको परको नातेदार। परकै नातेदार भएकाले होला यो पैसा मेरो घर तेति आउँदा पनि आउँदैन र आए पनि नानाथरी बहाना बनाएर फर्की हाल्छ।अनि मेरि आमा त्यो नआउनको लागि हजार बहाना बनाउने पैसा कहिले आउँछ हँ? भनेर मलाई बारम्बार प्रश्न गर्छिन्। म उनको प्रश्न टाल्न भन्छु"पैसा कागज न हो , तेसैले धेरै पैसा पैसा नगर्नु न ,यो कागज भन्दा पनि धेरै महत्त्व राख्ने चिज छन् यहाँ ! " । यतिकैमा हो मा हो मिलाउदै ,एउटा खुट्टा भाचिएर इट्टाको चाङको भरमा अडिएको मेरो खाटले पनि भन्छ "हो त ,पैसा एउटा कागज न हो "। फुलका बुट्टा कम भ्वाङका बुट्टा बडि भएको मेरो खाटको तन्नाले भन्छ "अँ नि पैसा कागज न हो "। वर्षौ वर्ष मेरो साथ रहेको ,मेरो खुइलेको सर्टले पनि भन्छ"पैसा केइ त हैन"। मेरो बुढिअौँला पनि मेरो मोजाको भ्वाङ छेडेर, जुत्ताको भ्वाङबाट तन्किदै भन्छ " पैसा एउटा बुट्टेदार कागज न हो "। एक एक गरि मेरा आभावहरु कुनै अंग्रेजी फिलिममा मुर्दाघरमा गाडेका मुर्दाहरु बाहिर निस्किएझैँ निस्किदै मलाई मेरो अपुर्ण इच्छा आकांक्षाको मसानघाट तिर डोडाउछन् ।

पैसा मेरो टाढाको नातेदार हो र आभाव मेरो निकटतम सहायात्री। या भनम् आभव मेरो एकतर्फी प्रेमी हो। मैले जति नै आभावबाट टाढिन खोजे पनि उ म सँग जुकाझैँ टासिएर बस्छ। तर तपाईंलाई यो भ्रम नपरोस् कि आभाव र जुका उस्तै हुन् ।जुका तपाईंको जीउमा आफ्नो पेट नभरिन्जेल मात्र बस्छ अनि आफै झर्छ तर आभावको अहँ ! कुनै अन्त्य छैन। आभाव एउटा maze जस्तो हो ,तपाईं जति यो बाट निस्कन प्रयास गर्नु हुन्छ, तेति नै भित्र भित्र पस्नु हुन्छ।

कुरा मेरो परको नातेदारको भइराख्दा मैले मेरो एउटा घटना नभनी बस्न् सकिन। लौ सुन्नुहोस् - दिन, गते, साल केही याद नभए पनि त्यो घटना मेरो दिमागमा राम्ररी छापिएको छ । म कतैबाट घर फर्कदै थिएँ र यतिकैमा मेरो आँखा बाटो छेउमा झरेको पैसामा गयो। स्वोभाभिक नै हो देखेको पैसा टिप्न मलाई दुई सेकेन्ड पनि लगेन । बिज्ञान भन्छ कि मानिसको शरीरले आफू अघी खतरा हुँदा " रेफ्लेक्स एक्सन् " नामक प्रतिक्रिया देखाउँछ तर सोही प्रतिक्रिया मान्छे पैसा देख्दा पनि देखाउने कुरा चै बैज्ञानिकले भन्न भुलेछन् । त्यो पैसा टिपेर यसो हेरेँ । आभावको भुमरिमा बसेको म आफ्नो अगाडी मेरो आफ्नो टाढाको नातेदार देख्दा पनि खुसी हुन सकिन। कारण -त्यो पैसा पनि कसैको टाढाको नातेदार नै थियो । त्यो कुनै ए.टि.एम बाट तात्तातै निस्किएको कट्कटे नोट थिएन । नोट हजारको थियो तर चोट पनि हजार नै प्रतिबिम्बित गरिरहेको थियो । त्यो नोटमा भएका अनगिन्ती मुजाहरुले मलाई त्यो व्यक्तिले टारेका अनगिन्ती आवश्यकताहरुको झल्को दिईरहेका थिए । "भो , पछी किनौँला" भन्दै अनगिन्ती आवश्यकता टारेर आफ्नो थैलोमा नै सुरक्षित राखेको त्यो नोट , आज कुनै अपरिचित ब्यक्तिकोमा टाढाको नातेदार बनेर आएको थियो। त्येसैले अहँ ! म खुशी हुन सकिन। तै पनि त्यो धेरै पछी आएको पाहुनालाइ बडो सम्हालेर मैले मेरो खुइलेको सर्टको गोजिमा राखेँ ।

यो भन्दा धेरै मैले मेरो टाढाको नातेदार -पैसाको खेदो खने भने, मेरोमा कहिले नआउला भन्ने सम्भावनालाई मध्ये नजर गर्दै मैले मेरो औँलालाइ यहि रोके।